दमक, ६ असार । दमकको रतुवा खोलाले बगाएर आज विहान एकजना पुरुषको मृत्यु भएको छ ।इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार दमक -७ स्थित रतुवा खोलामा आज विहान ८ वजे तिर पहिचान खुल्न नसकेका अन्दाजी ५० बर्षका देखिने पुरुषको शव फेला परेको हो ।
गहुगोरो अन्दाजी ५ फिट ४ ईन्च, दाह्री कपाल फुलेको ती पुरुषलाई रतुवा खोलाले बगाई ल्याईरहेको अवस्थामा स्थानीयले देखेर तत्काल खोलाबाट बाहिर किनारमा निकाली हेर्दा मृत्यु भइसकेको उनले जानकारी दिए । सो घटनाका सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।