बेलिब्रिज खस्दा घाइते भएका तीन मजदुरको मृत्यु

फिदीम,१ असार । पाँचथरमा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाईते भएका तीन जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।
बेलिव्रिज भत्किदा गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पु¥याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । सोहि घटनामा परेर बाँकी घाइते तीन जनाको उपचार भइरहेको छ ।

२०८१ असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो । बेलिब्रिज खस्दा जडान गरिरहेका ६ जना घाइते भएका थिए । हेवा खोला पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ को सीमानामा पर्छ ।
गत वर्ष असोज १२ गते आएको बाढीले यहाँको बेलिब्रिज बगाएपछि यहाँ पुनः जडानको काम भइरहेको थियो । जडान नसकिँदै बेलिब्रिज खसेको हो ।

पुल भाँचिएको बारे छानबिन समिति गठन

मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरी आइतबार ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् ।सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् ।

समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थायी रूपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिन भित्रमा प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ । समितिले आइतबार देखिनै काम सुरु गरिसकेको छ । पुल भाँचिदा ३ जनाको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published.