रास्वपा कमल सभापतिमा पुनः चापागाईं

दमक,३० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कमल गाउँपालिकाको सभापतिमा पुनः केदारनाथ चापागाईं चुनिएका छन् । कमल -५ पाडाजुंगीस्थित रोडस्टार पार्टी प्यालेसमा विहिबार सम्पन्न प्रथम पालिका अधिबेशनले पुनः चापागाईको नेतृत्वमा नौ सदस्यीय रास्वपा कमल गाउँपालिका कार्यसमिति चयन गरिएको हो ।

निर्वाचित समितिको उप–सभापतिमा यामप्रकाश सुब्बा, सचिवमा गोपाल दाहाल, सह–सचिवमा धान्यप्रसाद बराल चयन भएका छन् । यसैगरि, सदस्यहरुमा दिनेश घिमिरे, रोशनी दर्नाल,सुवास उप्रेती, विष्णुमाया थपलिया र खिलनाथ सेढाई चयन चएका छन् ।सोहि अवसरमा निर्वाचित समितिलाई निर्वाचित प्रमाणपत्र वितरण गर्नुका साथैं पार्टीको विधान अनुसार सपथग्रहण समेत गराईएको निर्वाचन समितिका सदस्य धिरज न्यौपानेले बताए । नयाँ नेतृत्व चयन गर्न पार्टीका केन्द्रीय विभागिय सदस्य विरोध सुवेदी, क्षेत्रिय सदस्य धिरज न्यौपाने र जिल्ला सदस्य कमला सुवेदी सदस्य रहेको एक निर्वाचन समिति गठन गरिएको थियो ।

रास्वापा प्रदेश महामन्त्री एवं संगठन विभाग प्रमुख लालविक्रम थापाको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटन कार्यक्रममा केन्द्रीय संगठन विभाग सदस्य ओम भण्डारी, प्रदेश प्रशिक्षण विभाग प्रमुख एवं सचिवालय सदस्य नारायण घिमिरे, प्रदेश कानुन विभाग प्रमुख सुरेश पोख्रेल, जिल्ला सदस्यहरु, क्षेत्रका क्षेत्रिय सदस्यहरु, पालिका सभापतिहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.