मेचीनगर, २२ जेठ । मेचीनगर नगरपालिका भित्रका विद्यालय फेरि पनि दुई दिन विदा थप गरिएको छ । सोमबारसम्म विदा दिइएको विद्यालय मंगलबार र बुधबार पनि विदा दिइएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई यसअघि दिइएको विदा दोस्रो पटक पुनः दुई दिन थपिएको हो ।
मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी २३, २४ जेठ गते समेत गरि दुई दिन थप विद्यालय विदा दिइएको जानकारी दिएको उल्लेख गरे।
पछिल्ला केहिदिन यता तराई क्षेत्रमा अत्यधिक गर्मी बढिरहेको छ । झापाको औषत ४० डिग्री तापक्रम मापन गरिएको छ ।