गणतन्त्र दिवसमा दमकमा नेविसंघको दिपप्रज्वलन

दमक,१५ जेठ । १५ औं गणतन्त्र दिवस देशैभरि विभिन्न कार्यक्रम गरि मनाईएको छ । दिवसका अवसरमा आज आइतवार दमकमा नेपाल बिद्यार्थी संघ दमक नगर समितिले दिप प्रज्वलन गरेको छ ।
संघको अगुवाईमा स्थानीय गणतन्त्र चौंकमा संक्षिप्त कार्यक्रम गरि दिपप्रज्वलन गरिएको नेविसंघ नगर सभापति विशाल अधिकारीले बताए । उनका अनुसार दिपप्रज्जवलनमा भेला भएका सर्वसाधारण युवा बिद्यार्थी एवं नेपाली कांग्रेसका नेता, कार्यकर्ता , समर्थक तथा शुभेच्छुकहरुको ठुलो संख्यामा उपस्थिति रहेको थियो ।
कांग्रेस एक नम्बर प्रदेश समिति सदस्य समेत रहेकी दमक नगर उपप्रमुख रेगीना भट्टराईको प्रमुख आतिथ्यतामा भएको दिपप्रज्जवलन कार्यक्रममा कांग्रेस प्रदेश समिति सदस्यहरु भुमिराज राई, चन्द्रा खड्का, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश क्षेत्र (ख)का सभापति रवि केसी, नगर सभापति प्रकाश प्रसाइँ , नेविसंघ जिल्ला उपसभापति सहदेव भट्टराई, जिल्ला सदस्य नवराज न्यौपाने लगायत विभिन्न तहका नेता कार्यकर्ताहरु सहभागी थिए ।

सहभागिहरुले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले ग्यारेन्टी गरेका मौलिक हकहरुको कार्यान्वयननै गणतन्त्रको उपलव्धि भएको औल्याएका थिए ।नेविसंघ झापाका पूर्व सभापति रोशन विष्टले स्वागत गरेको कार्यक्रमको सञ्चालन भने संघका नेता नवराज ढकालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.