दमक–७ ले गर्‍यो सार्वजनिक सुनुवाई

दमक,९ जेठ । वडा कार्यालयबाट हुदै आएको कार्य सम्पादनका विषयमा दमक वडा न. ७ कार्यालयले सार्वजनिक सुनुवाई गरेको छ । वडा भित्र भएका विकास निर्माण , सेवा प्रणालीका विषयमा सहभागी वडाबासीहरुले सम्बन्धित क्षेत्रका जनप्रतिनिधि तथा सरोकार पक्षहरुसंग खुलेर जिज्ञासा राखेका थिए । वडा कार्यालयमा आयोजित सो कार्यक्रममा सहभागि वडाबासीहरुले उठाएका विविध विषयमा वडाअध्यक्ष उत्तर दिएका थिए ।

सार्वजनिक सुनुवाई कार्यक्रममा दमक नगरपालिका प्रमुख रामकुमार थापा थिए । यस्तै प्रमुख प्रशासकीय अधिृकत सुनिल निरौला, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायत विभिन्न संघसंस्थाका प्रमुखहरु, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो। साथैं, वडाका तर्फवाट पालिका प्रतिनिधिहरुले वर्षभरि वडाले गरेका कामहरुको फेहरिस्ता प्रस्तुत गरिएको थियो । वडा नं ७ को आयोजना तथा नेक्सट मिडिया प्रा.लि. दमकको संयोजन तथा सहजीकरणमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

वडासदस्य अतित बान्तवा राईले स्वागत गर्दे वडाले वर्ष भरि गरेका कामहरु शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत हरेक क्षेत्रलाई आधार बनाएर विकास निर्माण गरेका कामहरु आम दमकबासीलाई सुनाउन वडाले सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिएको बताए ।

कार्यक्रममा वडासचिब योगेश भट्टराईले चालु आर्थिक वर्षभरिमा सम्पादन भएका गतिविधि प्रस्तुत गरेका थिए । जसअन्र्तगत यसबर्ष वडामा १ करोड २२ लाख रुपैया बजेट बिनियोजन भएकोमा भदौमा भएको जेनजी आन्दोलनले १० प्रतिशत बजेट कटौती उल्लेख गरेका छन् । तत्पश्चात रहेको १ करोड १० लाख रुपैयामध्ये ४७ प्रतिशत बित्तिय प्रगति र ९५ प्रतिशत प्रगति भएको छ ।
राजश्वतर्फ ७३ लाख ९३ हजार रुपैया संकलन भएको उनले बताए । सार्वजनिक सुनुवाईमा २७ वडाका टोलबासीको सहभागिता रहेको थियो । जसमध्ये १५ जना सहभागिले वडामा रहेको विकास निर्माण, फोहोरमैला, कार्यसम्पादन लगायतका प्रश्न गरेका थिए । त्यसको जबाफ नगर प्रमुख रामकुमार थापा र वडाध्यक्ष पौडेलले दिएका थिए ।

Leave a Reply

Your email address will not be published.