दमक,९ जेठ । दमक उद्योग वाणिज्य संघले आफनो कार्यसम्पादनमा सहयोग पुरयाँउन एक दर्जन उपसमितिहरु गठन गरेको छ । संघको हालै सम्पन्न कार्यसमिति बैठकले संघको विधान अनुसार विभिन्न विषयगत उपसमितिहरु गठन गरिएको अध्यक्ष गोपाल गुरागाईले जानकारी दिए । उनका अनुसार टिकाराम खतिडाको संयोजकत्वमा ५सदस्यीय ब्यवसायी सहजीकरण उप–समिति, हेमसागर अधिकारीको संयोजकत्वमा ९ सदस्यीय बजार ब्यवस्थापन उप–समिति,भरत दुलालको संयोजकत्वमा ५सदस्यीय संघ– संस्था समन्वय समिति गठन गरिएको छ ।
त्यस्तै, बुद्धिशेखर बजगाईको संयोजकत्वमा १३ सदस्यीय बस्तुगत संघ समन्वय उप–समिति र सहदेव भट्टराईको संयोजकत्वमा तालिम तथा गोष्ठी उप–समिति चयन गरेको संघका वरिष्ठ उपाध्यक्ष भगवान बस्नेतले जानकारी दिए ।
यसैंगरी कृष्णराज दाहालको संयोजकत्वमा १३ सदस्यीय खेलकुद तथा स्वास्थ्य उप–समिति,संगीता तुम्बाम्पोको संयोजकत्वमा १३सदस्यीय महिला उद्यमी ब्यवसायी उप–समिति,सुभाष चन्द्र गड्तौलाको संयोजकत्वमा ५सदस्यीय समिति उप–समिति,चिरन न्यौपानेको संयोजकत्वमा ५सदस्यीय क्यालेण्डर तथा स्मारिका प्रकाशन उप–समिति,कुलबहादुर श्रेष्ठ (कविन)को संयोजकत्वमा ९ सदस्यीय विज्ञान प्रविधि उप–समिति गठन गरिएको छ । यसैगरि, राजकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय कानुनी सल्लाहकार समिति र नारायण केसीको अध्यक्षतामा १० सदस्यीय सल्लाहकार उप–समिति गठन गरिएको अध्यक्ष गुरागाईले जानकारी दिए ।
के.सी.को संयोजकत्वमा गठित सल्लाहकार समिति सदस्यहरुमा रमा लिम्वू,चन्द्र खत्री,कमल कटुवाल,ऋषिधन गजमेर,बल्लभ सापकोटा,रुद्धप्रसाद दाहाल,विश्वेश्वर प्रसाद मिश्र,चन्द्रा कुमारी खड्का र तिर्थराज बस्नेतलाई चयन गरिएको संघका द्धितीय उपाध्यक्ष रुबल अधिकारीले जानकारी दिए ।