विहिबारदेखि मंगलवारेमा अन्तरपालिका भलिवल प्रतियोगिता

दमक ,९ जेठ । झापाको कमल गाउँपालिकामा भोलि विहिबारदेखि खुला अन्तरपालिकास्तरिय भलिवल प्रतियोगिता २०८१ शुरु हुने भएको छ ।कमल गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा शुरु हुने दोस्रो अन्तर पालिकास्तरिय उपाध्यक्ष पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाले जनाएको छ । १२ गतेसम्म चल्ने प्रतियोगिता कमल- ५ मंगलवारेस्थित सगुन युवा क्लवको खेलमैदानमा हुने छ ।
विहान ११ वजेदेखि शुरु हुने यस प्रतियोगिताको पहिलो दिनको दुई खेलमा कन्काई र हल्दिवारी तथा अर्को भने बाह्दशी र विर्तामोडका बीच प्रतिष्पर्धा हुने छ ।
प्रतियोगिताका विजेताले नगद १ लाख १ हजार , ट्रफि तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेता हुने टिमले नगद ५१ हजारसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् । यसैगरि, प्रतियोगितामा बिद्यागत पुरस्कार स्वरुप नगद समेत प्रदान गरिने आयोजक संस्थाका सुदिप थुलुङले बताए । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published.