दमक ,२० भदौं । दमकको एकमात्र सामुदायिक बन हंसेदुम्से सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा दलीय प्रतिस्पर्धा हुने देखिएको छ । दमक २ र ३ मा अवस्थित उक्त वन समूहको नयाँँ नेतृत्व चयन गर्न सहमति नजुटेपछि उपभोक्ताहरु दलीय प्रतिष्पर्धामा उत्रिएका हुन् । निर्वाचन भोलि २१ भदौमा हुदै छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार अध्यक्ष पदका लागि योगराज दंगाल र भागवत प्रसाद दुलालको उम्मेदवारी परेको छ । राप्रपाबाट दंगाल र कांग्रेसबाट उम्मेदवारी दिएका दुलालबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो ।
अध्यक्षसँगै अन्य धेरै पदहरुमा द्धिपक्षीय र सहसचिवमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । १३ सदस्यीय निर्वाचितहुने कार्यसमितिको निर्वाचनमा २७ जनाको उम्मेदवारी दर्ता छ । जसमध्ये १ उपाध्यक्ष पदमा नन्दिकेशर दंगाल र चन्द्रबीर विश्वकर्मा, सचिवमा महिला उम्मेद्धारद्धय सुस्मा अधिकारी र टुकाकुमारी बस्नेत, सहसचिवमा मनोज बस्नेत, टंकप्रसाद सापकोटा (दिनेश) र चुडेन्द्रकुमार खड्का तथा कोषाध्यक्षमा मायादेवी कोइराला सिग्देल र कल्पना राईको उम्मेदवारी परेको छ ।
दुलाल समूहको प्यानलबाट ११ सदस्य पदमा १- नम्बर व्लकबाट नन्दुराज घिमिरे,३ बाट मनोज रिजाल (पुरुष), हस्तकुमार दर्लामी, दुर्गा धिमाल (महिला ) ,देवकला ढकाल,५ नम्बर व्लकबाट निरज बस्नेत, पे्रम बस्नेत र गोमा गौतम, ६नम्बर व्लकबाट नारायण चापागाई ,७ नम्बर व्लकबाट जयबहादुर धिमाल र करुणा धिमाल उम्मेदवार भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा श्यामप्रसाद आचार्य र ठाकुरप्रसाद लुइँटेलबीच प्रतिस्पर्धा हुने भएको छ । उपभोक्ताहरुमाझ निकै लोकप्रिय आचार्य पेशाले अध्यापक तथा कानुन व्यवसायी हुन् । आचार्यतर्फको लेखा समितिको सदस्यतर्फ युवराज खनाल र भगत श्रेष्ठको उम्मेदवारी परेको छ ।
निर्वाचनमा ७ वटा व्लकबाट छनौट भई आएका १२६ जना परिषद सदस्यहरु मतदाताका रुपमा सहभागी हुनेछन् । यो वन उपभोक्ताको निर्वाचनलाई राजनीतिक दलहरुले स्थानीयस्तरमा प्रतिष्ठाको बिषय बनाउँदै आएका छन् ।