नवनिर्वचित श्रेष्ठलाई सम्मान , मनोनित दुई सदस्यको सपथ

दमक,६ जेठ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य दमकका गोकुल श्रेष्ठ बुधवार यहाँ सम्मानित भएका छन्।दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका दमक- १ निवासी श्रेष्ठ पुनः महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएकाले उनलाई बधाई शुभकामनासहित सम्मान गरेको हो ।

नवनिर्वाचित केन्द्रीय सदस्य श्रेष्ठलाई नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिका उपाध्यक्ष ऋषिराज तिम्सिनाले सम्मान प्रदान गरेका थिए । महासंघमा श्रेष्ठको यो दोश्रो कार्यकाल हो ।

संघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षता तथा संघको आफ्नै सभाहलमा आयोजित कार्यक्रममा बोल्दै वक्ताहरुले सवल व्यवसाय तथा व्यवसायिक हकहितका निम्ति सवै उद्योगी,व्यवसायी एक भएर अघि बढ्नु पर्ने जोड दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि तिम्सीना, सम्मानित व्यक्तित्व गोकुल श्रेष्ठ, संघका पूर्व अध्यक्ष विजय बराल लगायतले बोलेका थिए । सम्मानितका तर्फवाट बोल्दै महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य श्रेष्ठले दमक उद्योग वाणिज्य संघमा आवद्ध भएर संघको अध्यक्ष हुदै केन्द्रीय सदस्यको जिम्मेवारी पाउने अवसर आफनो मात्र नभएर समग्र दमकका उद्योगी,व्यवसायीहरुको योगदान रहेको उल्लेख गरे ।

सोहि अवसरमा संघले विधान अनुसार सदस्यमा मनोनित गरिएका गोविन सेनेहाङ र सीमा अग्रवाललाई पद तथा गोपनियताको सपथग्रहण गराईएको थियो । त्यस्तै, संघलाई विभिन्न क्षेत्रमा सहयोग पुरयाँउन उद्देश्यले गठित उपसमितिहरुको घोषणा गरिएको थियो ।
संघका प्रथम उपाध्यक्ष रुवल अधिकारीले सञ्चालन गरेको सो कार्यक्रमको समापन बरिष्ठ उपाध्यक्ष भगवान बस्नेतले गरेका थिए भने संघका पदाधिकारी, सदस्य , उद्योगी ,व्यवसायीहरु तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.