दमक, ७ मंसीर । आन्तरिक राजस्व कार्यालय दमकले विभिन्न क्षेत्रका दर्जन बढी उत्कृष्ठ करदाताहरुलाई सम्मान गरेको छ ।१५ औं राष्ट्रिय कर सप्ताह समापन कार्यक्रममा आज दमकसहित कार्यालयको सेवा क्षेत्रका थप एक दर्जन बढी ब्यवसायी तथा संघसंस्थाहरुलाई सम्मान गरेको हो ।
सम्मानित व्यवसायी, संघसंस्थाहरुले नियामनुसार कर तिरेवापत कार्यालयले उत्कृष्ठ करदाताका रुपमा सम्मान गरिएको कार्यालय प्रमुख सुर्यवहादुर कुवँरले बताए ।
कार्यालयका अनुसार गत वर्ष सबैभन्दा धेरै कर तिरे वापत उत्कृष्ट हुने दश करदाता संघसंस्थाहरुमा पहिलो मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, राजेश मोटर्स, डा. विमला बुढाथोकी,जय गुरु राइस मिल, लाइफ लाइन अस्पताल प्रा.लि.,मिलेनियम सिद्धार्थ एजुकेसन फाउन्डेसन प्रा.लि., महावीर फार्मेसी प्रा.लि.,पञ्चमुखी फर्मा प्रा.लि.
, मेडिसिन ट्रेड सेन्टर प्रा.लि र धमला फलफूल सेन्टर रहेका छन्।
यसैगरि,दमक बाहिरबाट सम्मानित हुने करदाताहरुमा कन्काई ग्यास उद्योग प्रा.लि.गौरादह–१, झापा, अर्नभ इन्टरप्राइजेज कमल–५, झापा
, पञ्चायत ट्रेड एण्ड सप्लायर्स उर्लाबारी–४, मोरङ, छिमेकी बचत तथा ऋण सहकारी संस्था लि. शिवसताक्षी–५, झापा,बिष्ट हार्डवेयर पथरी शनिश्चरे–१, मोरङ, ओम श्री क्रसर उद्योग एण्ड सप्लायर्स प्रा.लि. लेटाङ–३, मोरङ, फुयल सुनचाँदी पसल — कानेपोखरी–६, मोरङ, आर्यन मनि ट्रान्सफर — गौरीगञ्ज, झापा, दियालो ह्याचरी — मिक्लाजुङ–७, मोरङ र इस्टन फुड एण्ड बेभरेज प्रा.लि. कमल रहेका छन् ।
राजस्व कार्यालय दमकका प्रमुख कर अधिकृत सूर्यबहादुर कुवँरको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य गोकुल श्रेष्ठलगायतले सम्मान प्रदान गरेका थिए ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य श्रेष्ठ, दमक उधोग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, मेची बहुउद्देश्यीय सहकारी संस्था दमकका अध्यक्ष नारायण भट्टराई र सिए सुशील अग्रवाल लगायतले तिरेको कर राज्यले ठिकै ठाउँमा लागू गरेको छ भन्ने विश्वास जनतालाई दिलाउनु पर्नेमा जोड दिएका थिए । कार्यालयले सेवा प्रदायक करदाता संघसंस्थाहरुको सहभागितामा कर सम्बन्धी विभिन्न कार्यक्रम गरि सप्ताहव्यापी राष्ट्रिय कर सप्ताह मनाइएको थियो ।