दमक,४ जेठ । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ झापा क्षेत्रीय समिति–५ ले विभिन्न कार्यक्रम गरि प्रथम वार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको छ ।कमल- ५ पाडाजुँङ्गीस्थित संघको कार्यालयमा आइतवार विशेष कार्यक्रम गरि साधारणसभासहित स्थापना दिवस भव्य रुपले मनाएको हो ।
कार्यक्रममा संघको भवन निर्माणका लागि कमल ७ मा जग्गादान दिने समाजसेवी युवनाथ अधिकारीलाई सम्मान प्रदान गरिएको थियो भने सैनिक जीवनका क्रममा वीरगति प्राप्त गरेका पाँच परिवारका सदस्यलाई वीरगति सम्मान गरिएको क्षेत्रीय सचिव सचिव बलराम धिमालले जानकारी दिए । दाता अधिकारीले १० धुर जमीन दान दिएका र थप सहयोग गर्न आफू प्रतिवद्ध भएको उल्लेख गरे ।
उनका अनुसार वीरगति प्राप्त हुने दिलमाया थापा, सुनिता दुलाल, पवित्रा बस्नेत, शान्तादेवी पौडेल र पवित्रादेवी गुरागाई रहेकी छन् ।
संघका क्षेत्रीय सभापति गोपाल निरौलाको अध्यक्षता तथा जिल्ला सभापति कान्तिबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संघका कोषाध्यक्ष बिनोद कोइरालाले संस्थागत आम्दानी र खर्चको विबरण प्रस्तुत गरेका थिए । त्यस्तै, अध्यक्ष निरौलाले संघले एक वर्षभरी सम्पन्न गरिएका विभिन्न गतिविधिहरु र आगामी वर्षको योजना र कार्यक्रमलाई समेटेर प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको बन्दसत्रले अध्यक्ष र कोषाध्यक्षले पेश गरेका दुबै प्रतिवेदनलाई सुझावसहित पारित गरिएको थियो ।
त्यसैगरी,संघ स्थापना भएको छोटो समयमानै संस्थागत सुढृढीकरण तथा समाजमा पुरयाँउदै आएको रचनात्मक र सृजनात्मक गतिविधिहरु अति पं्रशसनीय भएको भन्दैं केन्द्रीय समितिले कदरपत्र प्रदान गरेको थियो ।
\सोहि अवसरमा संघमा आवद्धता हुन चाहने पाँच जना भूपुलाई संस्थाको विधानअनुसार सदस्यता समेत प्रदान गरिएको थियो ।संघका क्षेत्रीय सचिव धिमालका अनुसार संघले गत वर्ष विश्व वातबरण दिवसको अवसर पारेर दमकस्थित आम्दा हस्पिटल दक्षिण भाइरल सडकमा दुई सय बढी विभिन्न जातका फलफूलका विरुवाहरु रोप्नुका साथैं कमल–२ ज्योति माध्यमिक विद्यालयका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरेर विद्यालय पोशाक, खेलकुद र स्टेशनरी सामाग्रीहरु वितरण लगायतका सामाजिक गतिविधिहरु गरेको थियो ।