दमक ८ का ज्येष्ठ नागरिकलाई अवलोकन भ्रमण

दमक,२१ बैशाख । ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समिति दमक -८ ले एक दिने धार्मिक तथा पर्यटकीयस्थलहरुको भ्रमण गराएको छ । दमक ८ मा रहेका ज्येष्ठ नागरिकहरुलाई जिल्ला भित्रका धार्मिक तथा पर्यटकीयस्थलहरु अवलोकन गराउने क्रममा बुद्धशान्तिको शान्ति नगरमा रहेको झोलुङ्गे पुल , मेची नगरमा रहेको कृष्ण थुम्कि , मिनी माउण्टेन र ४९ धाराको अवलोकन भ्रमण गराएको हो ।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानका ८० भन्दा बडी आजिवन सदस्यहरु यो भ्रमणमा सहभागी भएका थिए ।भ्रमण टोलीले कृष्ण थुम्किमा पुगेर एक ओैपचारिक कार्यक्रम गरेर ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको आजिवन सदस्य लिने नयाँ सदस्यहरुलाई टिका र खादा लगाएर सम्मान गरिएको थियो ।

ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपाल शाखा समितिका अध्यक्ष ओमप्रसाद खनालको अध्यक्षतामा र ज्येष्ठ सदस्य तारानिधि मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका शाखा समितिका कोषाध्यक्ष हरिप्रसाद खतिवडा, आजिवन सदस्यहरु नरेशकुमार गिरी,भिम प्रसाद सुवेदी,प्रेम दंगाल र टंक पाठकले भ्रमणको उपलब्धि र महत्वको वारेमा शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन प्रतिष्ठानका शाखा समितिका सचिव तारानाथ भट्टराईले गरेका थिए ।
इm

Leave a Reply

Your email address will not be published.