-डा. लेखनाथ न्यौपाने
अब दमक विकास र सुन्दर सहरमात्र नभएर कवि, लेखक, साहित्यकार, प्राध्यापकहरुको पनि उर्वर भूमी बनेको छ । र, पछिल्लो समय यसलाई बाधेर उचाईमा पुर्याउने काम साहित्यकला सङ्गम, यसका संचालक विशेष गरेर विष्णु न्यौपाने, विन्दु दाहाल र नरपति पाण्डे, दिपक सुवेदीको योगदान उच्च रहेको देखिन्छ ।
…………………………………………………………………………………………………………………..
झापा जिल्लाको दमक र आसपासको क्षेत्रले साहित्य र लेखनमा लोभ लाग्दो प्रगति गरेको छ । दमकको माटोमा जन्मिएर होस या बाहिर जन्मिएर दमकमै बसोबास गरेका र बाहिर बसेर पनि दमकलाई चिनाउँन लागि पर्ने लेखक, सहित्यकार, प्राध्यापकहरुको लामो लिष्ट भेटिन्छ । केहि समय पहिलेसम्म माइवारी र माइपारी भनेर तुलना गरिएका तिता यर्थाथ छन् तर आज यस्ता शव्दहरु कमै सुन्न पाइन्छ । आजका दिनमा दमक लेखन क्षेत्रमा त्यसमा पनि गध्य कविता, गजल, साहित्य, निबन्ध होस या खोजमूलक लेखनमा ठूलै फड्को मार्न सफल भएको पाइन्छ । युवा लेखक तथा कविहरुको लेखन कला र वाचन क्षमताले श्रोतालाई मन्त्रमुग्ध बनाउँछ ।
यतिमात्र नभएर विभिन्न विधा र शिर्षकमा कलम चलाएर राष्ट्रलाई योगदान दिन सफल देश तथा विदेशमा रहेका स्रष्टालाई हरेक वर्ष दिइने पुरस्कारले पनि दमक नेपाल र भारतमा चिनिन थालेको छ । पुरस्कारको विषयमा अक्षय कोष स्थापना गर्ने दाताहरु र साहित्यकला सङ्गमलाई सम्झिनै पर्छ । दमकमा रहेर सहित्य र लेखन क्षेत्रमा उचाई थप्ने विभिन्न संस्था,संगीतकक्षा र नाटक मंचनले पनि दमकलाई अझ उचाई थपेको छ । साथमा दमकमा रहेका अन्य साहित्यिक संस्थाको मिहेनत र कुशल संचालनले दमक अब पुरस्कार दिने केन्द्र बन्दै गएकोमा गर्व गर्न सकिन्छ ।
जन्मभूमिको मायाले सधै दमकलाई चिनाउन लागिपर्नु हुँने पूर्वकै नक्षत्र प्रा. डा. गोविन्दराज भट्टराई, डा. तुलसी भट्टराई, डा. अन्जना शर्मा, निबन्दकार युवराज नयाघरे, डा.गोपालप्रसाद भण्डारी, मोहन भण्डारी, मेघराज तिम्सिना, प्रा डा. देवी नेपाल, यादवप्रसाद अधिकारी( झक्रिखाले), दक्षराज दाहाल, रुद्र निरौला, कोमल पोख्रेल, हेम अधिकारीजस्ता धेरै अग्रज साहित्यकारले युवा कवि र साहित्यकार जन्माउन प्रेरणा र शिक्षा मिलेको छ । हामीजस्ता सिकारु लेखकलाई सहित्य र लेखन क्षेत्रमा अगाडी वढन बल मिलेको छ । दमकमै रहेर दमकको विकास र चेतना फैलाउँने निस्वार्थ व्यातिm भवानी मिश्रको ठूलो योगदान रहेको छ ।
दमकमा रहेर सहित्य र लेखन क्षेत्रमा उचाई थप्ने विभिन्न सस्था, संगीतकक्षा र नाटक मंचनले पनि दमकलाई अझ उचाई थपेको छ । साथमा दमकमा रहेका अन्य साहित्यिक संस्थाको मिहेनत र कुशल संचालनले दमक अब पुरस्कार दिने केन्द्र बन्दै गएकोमा गर्व गर्न सकिन्छ ।
…………………………………………………………………………………………………………………………………………….
वहाँको ठूलो धनरासीको अक्ष्यकोषले उत्साह जगाएको छ । यसमा थपिन आउनु भएका डा. लेखनाथ न्यौपाने, रुद्र निरौला, बिरेन्द्र खड्का अनि सङ्गमको आप््mनै धनरासीले ठूलै अषयकोष बनेको छ । यसको सदुपयोग गरेर देशविदेशका सहित्य, लेखन अनि समाजसेवीलाई दमकमा भेला गरेर साहित्य उत्सव मनाउदै गतिला पुरस्कार रासीले सम्मान गर्न सफल भएको जगजाहेर छ ।
दमक र आसपासको क्षेत्रमा रहेर आप्mनो पेशा व्यवसायसँगै लेखन क्षेत्रमा उज्यालो भविस्य देखेका छन्द कवि विष्णु न्यौपाने, विन्दु दाहाल, मेघनाथ बन्धु, झक्रिखोलेजस्ता धेरैले दमकको सहित्यलाई माथी उठाएर अब दमक छन्द लेखनमा सक्षम छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । छन्द कवितालाई मुख्य लेखन बनाएर माइवारीलाई अब्बल छ भनेर चिनाउन बलियो भूमिका खेलेका विष्णु न्यौपाने, विन्दु दाहाललाई देश र छिमेकी देश भारतले पनि छन्द कवि भनेर चिन्न थालेको छ । यो दमकेलीका लागि गौरवको विषय हो । दमक आसपासमा रहेर कविता, गजल र लेखनमा सफल धेरै व्यात्तित्व हुनु हुन्छ।
प्रकाश बुढाथोकी , धनकुटे कान्छा, विवश बलिभद्र, घनस्याम पथिक, लक्षुमण गामनाङे, खगेन्द्र न्यौपाने, दिपक सुवेदी, बास्कोटा धनन्जय, ओमप्रसाद खनाल,भुपेन्द्र तिमसिना, विवेक दुलाल क्षेत्री, दुर्गा काप्mले, राम उपाध्याय, गोपाल दाहाल, एन बि दाहाल, व्यन्जना शर्मा, टंक पाठक, यज्ञ परिक्षमी, डा. लेखनाथ न्यौपाने, कमल प्रसाद भट्टराई, भेषराज न्यौपाने र दमक पब्लिक लाइब्र्रेरी, नरपति पाण्डे, अभागी थेगुवाजस्ता धेरैको योगदान रहेको छ । त्यसैले अब दमक विकास र सुन्दर सहरमात्र नभएर कवि, लेखक, साहित्यकार, प्राध्यापकहरुको पनि उर्वर भूमी बनेको छ । र, पछिल्लो समय यसलाई बाधेर उचाईमा पुर्याउने काम साहित्यकला सङ्गम, यसका संचालक विशेष गरेर विष्णु न्यौपाने, विन्दु दाहाल र नरपति पाण्डे, दिपक सुवेदीको योगदान उच्च रहेको देखिन्छ ।
आउने दिनमा चुलाचुली, उर्लाबारी, धरमपुर, गौरादहलगायत ठाउँमा रहेका सहित्यिक संस्था र सर्जकहरुको संयुक्त केन्द्र बनोस दमक । साहित्यिक उत्सव मनाउन देश विदेबाट धेरै भन्दा धेरै साहित्यकार, कलाकार, गायक, नाट्यकर्मी अनि सामाजिक व्यातित्वहरुको बक्लो उपस्थिती रहन सकोस । बाध्यबाधन अनि नाट्य क्षेत्रमा पनि दमकले अझै प्रगति र हातेमालो गर्न सकोस भन्ने कामना गर्छु ।
यो कार्यलाई सफल बनाउन एकले अर्काको लेखन, कला र ज्ञानलाई स्विकार गरेर सम्मान साथ साना मसिना विषय र विवादलाई किनारा लगाएर अगाडी वढने साहस मिलोस भन्ने शुभकामना दिदै आलेखमा छुटुनु भएका मुर्धन्य व्यात्तित्वहरुप्रति क्षमा माग्दै यो छोटो लेखनलाई यहीँ बिट मार्छु ।