झापा,२२ बैशाख ।नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) को नयाँ नेतृत्व चयन भएको छ ।शनिबार बिर्तामोडस्थित सिटी सेन्टरमा आज सम्पन्न वाइसीएल झापाको छैटौँ जिल्ला भेला सम्मेलनले दमकका युवा नेता डेबिट शाहीको अध्यक्षतामा जिल्ला कमिटी चयन भएको हो ।
७५ सदस्यीय जिल्ला कमिटीको वरिष्ठ उपाध्यक्षमा हिमाल विष्ट, उपाध्यक्षद्वयमा विनोद नेम्बाङ र बुद्धिमान तामाङ ,सचिवमा जनक ल्वागुन र सहसचिवद्धयमा प्रेम राना मगर, रुद्र राउत, सन्तोष विश्वकर्मा र समीर लिम्बू र कोषाध्यक्षमा मेनुका राजवंशी चयन भएका छन् ।
कार्यक्रमका बिच वाइसीएल झापाका संस्थापक तथा विभिन्न जिल्लामा संस्थापक अध्यक्षको जिम्मेवारी सम्हालेर हाल झापामा बसोबास गरिरहेका नेतृत्वलाई सम्मान गरिएको थियो ।
वाइसीएलका मेची ब्युरो संस्थापक अध्यक्ष इन्द्र आङ्बो (मौसम), झापाका संस्थापक अध्यक्ष राजु आचार्य, पूर्व अध्यक्ष तथा संस्थापक उपाध्यक्ष डिल्ली घिमिरे (हिक्मत), पूर्व अध्यक्षहरू मोहन नेम्बाङ (सञ्चार ), डम्बर पुलामी (कर्म), दलबहादुर तामाङ, कुमार आचार्य, तेह्रथुमका संस्थापक अध्यक्ष खड्ग कन्दङ्वा (रोशन), मोरङका संस्थापक अध्यक्ष कुलप्रसाद सावा (कुशल), सङ्खुवासभाका संस्थापक अध्यक्ष अस्मिता तामाङ कन्दङ्वा, झापाका संस्थापक सचिव मोहन टुडु (सरोज), कोषाध्यक्ष निर्मला खतिवडा (निरु) र सदस्य रञ्जिता जबेगु निङवालाई सम्मान गरिएको थियो ।
उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव हरिबोल गजुरेलले सम्मानपत्रले सम्मान गरेका थिए ।वाइसीएल झापाका अध्यक्ष राजकुमार विश्वकर्मा (राजु)को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश स्कुल विभाग प्रमुख अजम्बर काम्बाङ राई, नेकपा माओवादी केन्द्र कोशीका संसदीय दलका नेता इन्द्र आङ्बो, वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष सुबोध श्रीपालि, केन्द्रीय सदस्यहरू झलकबहादुर दर्लामी, कुलप्रसाद साम्बा लिम्बु, रञ्जित तामाङ, हरि राना, लक्ष्मी न्यौपाने सरूँ, सुशीला घिमिरे सामना, केन्द्रीय सदस्य तथा युवा, विद्यार्थी फ्याक्सन इन्चार्ज मुक्साहाङ मेन्याङ्बोलगायतको उपस्थिति रहेको थियो ।
एकल नृत्य टप फाइभको घोषणा
यसै कार्यक्रममा वाइसीएलले झापामा सञ्चालन गरेको एकल नृत्य प्रतियोगिताबाट टप फाइभमा पर्न सफल प्रतियोगीहरूको फिनालेसमेत सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथम हुने दमककी सञ्चिता लिम्बुले नगद २० हजारसहित सम्मान पत्र प्राप्त गरिन् । दोस्रो हुने शिवसताक्षीका करण गदाइलीले नगद १५ हजारसहित सम्मान पत्र, तेस्रो हुने कनकाईका राजेश बस्नेतले नगद १० हजारसहित सम्मान पत्र र सान्त्वना हुने कनकाईका असरफ खान र शिवसताक्षीकी सन्तोषी राजवंशीले जनही नगद ५ हजारसहित सम्मान पत्र प्राप्त गरेका थिए ।