जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

झापा, १८ बैशाख । झापाको शिवसताक्षी नगरपालिकामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका वडा नं.९ बस्ने २३ वर्षीय अमृत धन कुलुङ राई रहेका छन्।

प्रहरीका अनुसार राईले गत माघ २० गते दिउँसो अन्दाजी ३ बजेको समयमा सोही जिल्ला बस्ने १९ वर्षीया युवती (परिवर्तित नाम लालमैया) लाई ललाईफकाई शिवसताक्षी –९, दुधेस्थित आफ्नो कसैले प्रयोग नगर्ने पुरानो घरमा लगी जबरजस्ती करणी गरेका थिए।

उक्त घटनाका सम्बन्धमा पीडित पक्षले २०८३ वैशाख १४ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएका थिए । जाहेरी परेपछि खटिएको प्रहरी टोलीले फरार रहेका राईलाई वैशाख १६ गते दुधे चोकबाट फेला पारी नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका राईलाई आज झापा जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतबाट सात दिनको म्याद थप गरी उनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published.