दमक क्याम्पसको शैक्षिक तथा पूर्वाधार विकासमा सहयोगको माग

दमक,१७ बैशाख । दमक क्याम्पसको शैक्षिक तथा पूर्वाधार विकासमा यथोचित वजेटको माग गदैं सरोकारहरु सम्मिलित एक टोली काठमाण्डौंमा पुगेको छ ।दमक नगरपालिका प्रमुख रामकुमार थापा, संविधानसभा सदस्य महेन्द्रकुमारी लिम्बू,क्याम्पसका अध्यक्ष ढुण्डिराज भण्डारी सम्मिलित सरोकारहरुको एक प्रतिनिधिमण्डलले सरकारी उच्च अधिकारीहरुसंग भेट गरि वजेट माग गरेको हो ।
डेलिकेशनमा पुगेकी टोलीमा संलग्न संविधानसभा सदस्य लिम्बूले अर्थमन्त्रालयका उच्च अधिकारीहरुसंग भेट गरि वजेटका लागि मागपत्र बुझाईएको बताईन् ।
उनीहरुले अर्थमन्त्रालयका उपसचिव युवराज पाण्डे,वजेट शाखाका अधिकारी उत्तर कुमार खत्री लगायतका अधिकारीहरुसंग भेट गरि मागपत्र बुझाइएको उनले बताईन् । अर्थका अधिकारीसंगको भेटमा सहभागिहरुले प्रदेशकै उत्कृष्ठ सामुदायिक शैक्षिक प्रतिष्ठानका रुपमा दमक बहुमुखी क्याम्पसको शैक्षिक उपलव्धि तथा पूर्वाधारका योजनामा भईरहेको कामका बारेमा समेत जानकारी गराएका थिए ।
प्रतिनिधिमण्डलमा क्याम्पस सञ्चालक समितिका सदस्य मोहन धिमाल, दमकका सामाजिक व्यक्तित्व शिव साह लगायतको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.