युएईमा क्लव हिमालयन टाइगरको शाखा गठन

दमक ,१७ बैशाख । बैदेशिक रोजगारीका क्रममा युएई पुगेका युवाहरुले सामाजिक काम गर्ने उद्देश्यले क्लव हिमालयन टाइगरको शाखा गठन गरेका छन् ।दुवईस्थित एक नेपाली रेष्टुरेन्टमा हालै बसेको भेलाले क्षितिज पौडेलको अध्यक्षतामा ११ सदस्यीय क्लब हिमालयन टाइगर युएई समन्वय समिति गठन गरेका हुन् ।
सर्वसम्मत गठित समितिको उपाध्यक्षमा कृष्ण श्रेष्ठ ,सचिवमा योगबहादुर खड्का,सह–सचिवमा सोमनाथ घिमिरे र कोषाध्यक्षमा आस्था निरौला चुनिएका छन् । यसैगरि ,सदस्यहरुमा सबिन चौहान ,दिनेश मुखिया ,सन्जय बज्राचार्य ,सृजना दुलाल ,डम्बरबहादुर अधिकारी र भानु फुयाल चुनिएका छन् । दमकमा मुख्य कार्यालय रहेको सो संस्थाले देशबाहिर एक दर्जन बढी देशमा आफनो सञ्जाल विस्तार गरिसकेको क्लव हिमालयन टाइगरका अध्यक्ष रेवतराज भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published.