स्वतन्त्र शाकोसद्धारा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

दमक,१७ बैशाख । दमक -५ स्थित स्वतन्त्र बचत तथा ऋण सहकारी संस्थाले दमकको एक विद्यालयका ३० जना गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरेको छ ।
संस्थाको ११ औ बार्षिकोत्सवका अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दमक ५ मा रहेको दिपीनी आधारभूत विद्यालयका ३० जना विद्यार्थीलाई स्टेशनरी ,झोला, कपी तथा कलम प्रदान गरिएको व्यवस्थापक मानबहादुर मगरले बताएका छन् ।
संस्थाको एक टोली आइतवार विद्यालय पुगेर ती शैक्षिक सामाग्रीहरु वितरण गरिएको उनले बताए ।शैक्षिक सामाग्रीहरु संस्थाका अध्यक्ष इन्द्रकुमार राईले हस्तान्तरण गरे ।संस्थाले आफनो बार्षिकोत्सवमा यसरीनै सामाजिक उत्तरदायि अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गरिआएको अध्यक्ष राईले बताए ।
शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रअ शेषकुमार निरौला,संस्थाका सञ्चालक समितिका सदस्यहरु हरि राई, कर्णसिंह तामाङ, दुर्गामाया राई,शेयर सदस्यहरु,कर्मचारीहरु लगायतको उपस्थिति रहेको संस्थाका सचिव सुमन काफलेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.