भद्रपुर ,१५ बैशाख । नेपाल पत्रकार महासंघ झापाले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन प्रशारण गर्ने संघीय सरकारको निर्णय कार्यान्वयन नगर्न झापाका सबै स्थानीय सरकारलाई आह्वान गर्दै मंगलबार ज्ञापनपत्र बुझाएको छ ।
महासंघ झापाका अध्यक्ष एकराज गिरीको नेतृत्वमा गएको प्रतिनिधि टोलीले जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराललाई ज्ञापनपत्र बुझाएको हो ।
जिससमार्फत महासंघले झापाका १५ वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रमुख बरालले सबै स्थानीय सरकारलाई महासंघको ज्ञापनपत्र पठाउने बताए ।
७ बुँदे माग सहितको ज्ञापनपत्र महासंघ अध्यक्ष गिरी, पूर्व अध्यक्ष चिन्तामणि दहाल, महासंघ पदाधिकारी, सदस्य, संगठन प्रतिनिधिहरुले सामुहिक रुपमा बुझाएका थिए ।
नेपाल प्रेस युनियन झापाका उपाध्यक्ष इश्वर अधिकारी, प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियार, जन पत्रकार संगठनका अध्यक्ष प्रवीन अधिकारी लगायतको उपस्थिति थियो । महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपाने, सचिव राजु पाठक, सहसचिवहरु रमेश तिवारी, तिलक योञ्जन, कोषाध्यक्ष मुक्ति पौडेल, कार्यसमिति सदस्यहरु सन्तोष शर्मा, द्रोण अधिकारी, प्रेस क्लव भद्रपुर अध्यक्ष राजबाबु शंकर, ग्रामीण पत्रकार समाज अध्यक्ष नेत्रविक्रम विमली, सदस्य रेवती घिमिरे लगायतको सहभागिता थियो ।