दमकमा देश तथा विदेशका श्रष्टाहरु सम्मानित

दमक,१५ बैशाख । यहाँस्थित साहित्य कला सङ्गम दमकले एकैसाथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका एक दर्जन साहित्यक श्रष्टाहरुलाई सम्मानसहित पुरस्कृत गरेको छ ।
संस्थाका अध्यक्ष विन्दु दाहाल (मुकदर्शक ) को अध्यक्षता तथा प्रा.डा. गंगाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा हालै यहाँ पुरस्कार अर्पण समारोह गरेर उनीहरुलाई सामूहिक रुपमा सम्मान तथा पुरस्कृत गरिएको हो ।

संस्थामा स्थापना गरिएको अक्षयकोषहरु मध्येबाट भवानी मिश्र अन्तराष्ट्रिय पुरस्कारबाट भारत, आसामका मोहन सुवेदी, तुलसादेवी न्यौपाने स्मृति पुरस्कारबाट प्रा.डा. भीम खतिवडा (धरान), भवानी मिश्र राष्ट्रिय पुरस्कारबाट क्रमशः वरिष्ठ साहित्यकारहरु वासुदेव पाण्डे (वैतडी), खेम नेपाली (विराटनगर, मोरङ, राजेन्द्र संग्रौला (बिर्तामोड), वीरेन्द्र थोक्लिहाङ (सिवसताक्षी )लाई सम्मानसहित पुरस्कृत गरिएको छ ।

यसैगरी, साहित्य कला श्री पुरस्कारबाट प्रा.डा. गोपाल प्रसाद भण्डारी (दमक) पुरस्कृत भए भने रुद्र निरौला स्मृति पुरस्कारबाट दमकका मेघराज तिम्सिना र चन्द्रवीर स्मृति पुरस्कारबाट झापा, बिर्तामोडकी विना अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वहरुलाई जनही रु ११ हजार १११ देखि ३५ हजार ,सम्मानपत्र रहेको छ ।
कार्यक्रममा प्राज्ञ सुमित्रा बाङ्देल चेली, प्रा.डा. भीम खतिवडा, प्रा.डा. गोपालप्रसाद भण्डारी, वरिष्ठ साहित्यकारहरू मोहन सुवेदी, बासुदेव पाण्डेय, खेम नेपाली, राजेन्द्र सङ्ग्रौला, नरपति पाण्डे, हेमनाथ अधिकारी, श्रीप्रसाद पोखरेललगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कोशी साहित्यिक कला प्रतिष्ठानका केशु विरही राई, उर्जाशिल साहित्य कला प्रतिष्ठानबाट डिपी शर्मा, साहित्य कला संगमका पूर्व अध्यक्ष तथा सल्लाहकार नरपति पाण्डे, सम्मानित श्रष्टाको तर्फबाट प्राडा भीम खतिवडा, खेम नेपाली लागयतले बोलेका थिए । वक्ताहरुले नेपाली साहित्यको विकास, स्रष्टाहरूको योगदान तथा साहित्यिक संस्थाहरूको भूमिकाबारे चर्चा गरेका थिए । कार्यक्रममा उपस्थित अतिथिहरूले यस्ता पुरस्कारले स्रष्टाहरूलाई थप सिर्जनात्मक कार्यमा प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

२०५२ मा स्थापना भएको उक्त साहित्यिक संस्थाले भाषा, साहित्य, कला, संस्कृति र समाजसेवामा उल्लेखनीय योगदान पुरयाँउदै आएको छ । संस्थाले मासिक रूपमा रचना वाचन, अन्तरक्रिया, कार्यशाला तथा प्रतियोगितामार्फत स्रष्टाहरूको क्षमता विकास गर्दै आएको छ । यसबाट धेरै नयाँ लेखक, कलाकार तथा सर्जक उत्पादन हुदैआएको महासचिव ओमप्रसाद खनालले बताए ।
संस्थाको गतिविधिलाई सहयोग पु¥याउन दमक १ का भवानी मिश्रसहितका साहित्यीक व्यक्तित्वहरुले विभिन्न अक्षयकोष स्थापना गरिदिएका छन् ।मिश्रले स्थापना गरेको रु ४१ लाख ५० हजार रुपैयाँको अक्षयकोषबाट वार्षिक रूपमा नगदसहित ‘भवानी मिश्र पुरस्कार’ प्रदान गरिँदै आएको छ । यस्तै, संस्थाले आफ्नै पहलमा रु ५ लाख रुपैयाँको कोष स्थापना गरी ‘साहित्य कलाश्री पुरस्कार’ प्रदान गर्दै आएको छ ।

दमकका होमियो चिकित्सक डा. लेखनाथ न्यौपाने परिवारद्वारा रु १० लाख रुपैयाँ राशीको ‘तुलसादेवी न्यौपाने स्मृति कोष’बाट विद्यार्थीलाई छात्रवृत्ति तथा स्मृति पुरस्कार वितरण गरिदैआएको छ । साथै, शारदा निरौलाद्वारा स्थापित ‘रूद्र निरौला स्मृति कोष’ र वीरेन्द्र खड्काद्वारा स्थापित ‘चन्द्रवीर खड्का स्मृति कोष’बाट पनि वार्षिक पुरस्कार प्रदान गरिँदै आएको छ ।

संस्थाले हालसम्म विभिन्न विशेषाङ्कसहित ‘सङ्गम’ पत्रिकाका १८ अङ्क प्रकाशित गरिसकेको छ । दमक–६ भानुचोकमा रहेको सो संस्थासँग दमक–२ मा दानस्वरूप १० धुर जग्गा समेत प्राप्त भएको छ ।
सो संस्थाले लक्ष्मी प्रसाद देवकोटाको सम्झनामा लक्ष्मी जयन्ती, भानु जयन्ती, मोती जयन्ती लगायतका कार्यक्रमहरू नियमित रूपमा मनाउँदै आएको छ भने पुस्तक विमोचन, गजल वाचन, बालसाहित्य तथा मासिक रुपमा नियमित रुपमा साहित्य रचना वाचन कार्यक्रम पनि सञ्चालन गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published.