दमक ,१५ बैशाख । दमक -६ स्थित लिङ्देन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले शुक्रवार एक कार्यक्रम गरी उत्कृष्ट कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ ।संस्थाले दमकमा आयोजना गरेको “ कर्मचारी सम्मान तथा पदोन्नति कार्यक्रमका बीच प्रमुख व्यवस्थापक कुवेर प्रसाद तुम्बापोसहितका दर्जन कर्मचारीलाई नगद तथा सम्मानपत्रद्धारा पुरस्कृत गरेको हो ।
संस्थाका( अध्यक्ष पदम लिङ्देन ( संकल्प) को अध्यक्षतामा तथा संस्थाका प्रमुख सल्लाहकार जनकसेन जबेगु, उपाध्यक्ष फुलकुमारी आङ्देम्बे , सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरु, सेवाकेन्द्र व्यवस्थापन उप-समिति पदाधिकारीहरुको उपस्थितिमा सम्मान तथा पुरस्कार वितरण गरेको संस्थाले जनाएको छ ।
कार्यक्रममा मुख्य कार्यालयमा कार्यरत प्रमुख व्यस्थापक तुम्बापोलाई जुब्ली पेपर कदर पत्र सहित नगद रु ५ हजार, विर्तामोड सेवाकेन्द्रका व्यवस्थापक बिनम लिम्बूलाई फाल्गुनन्द साकोस वर्ष उत्कृष्ट कर्मचारी प्रसंशा पत्र सहित नगद ५ हजार, मुख्य कार्यालयमा कार्यरत प्रमुख लेखापाल रोशन लिङदेनलाई अनुशासित कर्मचारी र पूर्ण हाजिर कर्मचारीमा झिलझिले सेवाकेन्द्र प्रमुख तथा लेखापाल अजय राजवंशी, उर्लाबारी सेवाकेन्द्र प्रमुख तथा सेवाकेन्द्र लेखापाल सदिया लिङ्देनलाई प्रशंसापत्र सहित जनही रु २ हजारका दरले पुरस्कृत गरिएको थियो ।
सोहि अवसरमा प्रमुख कार्यकारी अधिकृत दिलिप सुब्बालाई स्थायी, बजार प्रतिनिधिहरु बर्षा देवान, यादब प्रसाद योङ्हाङ र मुना राईलाई अस्थायी नियुक्ति प्रदान गरेको संस्थाका अध्यक्ष लिङ्देनले जानकारी दिए ।
संस्थाले संहकारी सम्बन्धि विभिन्न शीर्षकमा कर्मचारीलाई लक्षित गरि आन्तरिक पुर्नताजगी तालिम समेत सञ्चालन गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव देशराज नेम्बाङ र सेवाकेन्द्र लेखापाल अजय राजवंशीले गरेका थिए ।