सञ्चारकर्मी शेर्माको लोभलाग्दो खरबुजा खेती

दमक,१४ बैशाख । झापाको दमक- १० मा पहिलो पटक ब्यावसायिक रुपमानै खरबुजाको खेती गरिएको छ ।दमक १० को परेवाडागीमा एक किसानले पहिलो पटक ब्यावसायिक रुपमै खरबुजाको ब्यावसायिक खेती गरेका छन् । मोरङको उर्लावारी निवासी युवा व्यवसायी रुपेन्द्र शेर्माले यस बर्ष एक बिगाह पाँच कट्ठा आफ्नो नीजि जमिनमा खरवुजाको व्यवसायिक खेती गरेका हुन् ।
सञ्चारकर्मी समेत रहेका शेर्माका अनुसार परीक्षणका रुपमा यो बर्ष सरस्वती र सागरकिङ गरि दुई जातका खरबुजाको खेती ग।िरएको हो । बगर खेतीको नामले चिनीएको यस खरबुजाको खेती बगरको बिकल्पमा पनि गर्न सकिने शेर्माले बताएका छन् ।
शेर्माले यो बर्ष करिव चार लाख रुपैयाको खर्चिएर खरबुजाको खेती गरेको जनाएका छन् । यहाँ उत्पादन भएको खरबुजा स्थानीय बजार दमक, उर्लावारी, पथरी लगायतमा बिक्री बितरण हुनेगरेको उनको भनाई छ ।
खरबुजा खेतीमा त्यति धेरै ज्ञान अनुभव नहुदाँ समयनै समस्याको पहिचान गर्न सक्दा उत्पादन दिने मुख्य सिजनमानै खरबुजाको लहरामा पात सुक्ने समस्या देखिएको शेर्माले बताए । पछिल्लो समयमा जिल्लाको कनकाई नदीको खोला किनारका बगरमा यसको धेरै खेती गरिदै आएको भएपनि धानबाली हुने जमिनमा पनि यसको खेती गर्न सकिन्छ भन्ने सन्देश शेर्माले यस क्षेत्रका अन्य किसानलाई पनि दिएका छन् ।
चैत्र, बैशाखको गर्मी मौषममा उत्पादन हुने भएकाले पनि बजारमा खरबुजाको माग अधिक हुने गर्दछ । शेर्माले यो बर्ष खरबुजा बिक्रीबाट आठ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेको भएपनि रोग संक्रमणका कारण सोचे जति उत्पादन लिन नसक्ने अवस्था देखिएको बताउँछन् ।
यहाँ उत्पादन भएको खरबुजा ब्यापारीले किसानको खेतबाटै उठाउने गरेका छन् । हाल सम्म २ लाख ५० हजार जतिको बिक्री गरिसकिएको र अब सोही मूल्य बराबरको उत्पादन बारीमा रहेको शेर्माले बताएका छन् ।

Leave a Reply

Your email address will not be published.