दमक,७ बैशाख । झापाको कमल गाउँपालिका ५ न.वडा कार्यालयले हात्ती प्रभावित क्षेत्रका लागि एक सय थान सडक बत्ती वितरण गरेको छ ।वडा कार्यालयमा शुक्रवार एक कार्यक्रम गरि हात्ती प्रभावित क्षेत्रमा रातको समयमा हुने सम्भावित हात्तीको आक्रमणबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न गुहेश्वरी टोल विकास संस्थासहित संस्थालाई एक सय थान सडक बत्ती उपलव्ध गराएको वडाअध्यक्ष एलवी विष्टले बताए ।
उनका अनुसार वडाको उत्तरी जंगल नजिकका सिम्ले,क्याम्पा,टुक्रे लगायतका बस्ती हात्ती प्रभावित मानिन्छ । महिना दिनअघि मात्र एक जना महिलाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको थियो । त्यस बस्तीमा हात्तीले जनधनको ठुलो क्षति गर्देआएको छ ।
हात्तीले बस्तीमा दिनहुँजसो प्रभावित बनाउदै गएकाले रातपख हुने हात्तीको उपद्रो नियन्त्रण गर्न ती सडकबत्तीहरु प्रदान गरिएको वडाअध्यक्ष विष्टले बताए । ती सडकबत्तीहरु वडाको रु ३ लाख वजेटबाट खरिद गरिएको हो ।यसैगरि, वडाले दलित समुदायलाई आफनो परम्परागत पेशालाई टेवा पुरयाँउन उद्देश्यले २६ थान ग्राईन्डर औजार समेत बितरण गरिएको थियो ।सो कार्यक्रममा वडाका जनप्रतिनिधिहरु, टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।