
दमक,३ बैशाख । झापाको कमल गाउँपालिका वडा नम्बर ६ स्थित वडा कार्यालयमा शुक्रवार आयोजना गरिएको रक्तदानमा ३६ पिन्ट रगत संकलन भएको छ ।
नयाँ वर्ष २०७८ को अवसर पारेर सहकारी समन्वय समिति कमल ६ वडा समितिले आयोजना गरेको रक्तदानमा ६ महिलासहित ३६ जनाले रगतदान गरेका हुन् । रक्तदान जीवन दान भन्ने सन्देसका साथ आयोजना गरिएको खुला रक्तदानमा वडाध्यक्ष नगेन्द्र भट्टराई ,दमक बहुमुखी क्याम्पसका उपप्राध्यापक त्रिलोचन अधिकारी लगायतले रगत दिएका आयोजक संस्था सहकारी समन्वय समिति कमल ६ का सचिव सागर रेग्मीले वताए ।
रक्तदान नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाको रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको थियो भने रक्तदाताहरुलाई गाउँँपालिकाका उपाध्यक्ष बेणु शिवाकोटी, सहकारी समन्वय समितिका अध्यक्ष धरणीप्रसाद भण्डारीलगायतले प्रंशसापत्र प्रदान गरेका थिए ।