मोरङको रतुवामाईमा प्रमोद खरेल


रतुवामाई ३ बैशाख, मोरङको रतुवामाई नगरपालिकामा बैशाख ३ गते शुक्रवारदेखी सुरु हुने मेयरकप टी – २० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा चर्चित गायक प्रमोद खरेल आउने भएका छन् ।
रतुवामाई – ७ स्थित सिजुवाको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन समारोहमा गायक खरेलले मनोरञ्जन समेत दिने भएका हुन् । रतुवामाई नगरपालिका, नगर युवा तथा खेलकुद समितिको आयोजनामा हुने सो प्रतियोगितामा नगरका १० वटै वडाको सहभागिता रहेको छ । पछिल्लो समय कोरोना भाईरसको जोखिम बढेपछि स्वास्थ्य सुरक्षा अपनाएर प्रतियोगिता गर्न लागेको आयोजक समितीका सदस्य सचिव सुजित जैसवालले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.