दमक,३ बैशाख । दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई (प्रसाइँ) अष्ट्रेलियामा हुने अन्तराष्ट्रिय स्तरको एक कार्यक्रममा सहभागि हुन शनिवार त्यसतर्फ प्रस्थान गरेकी छन् ।
द एसिया फाउन्डेसनको सहयोग तथा अष्ट्रेलियाको क्विन्सल्याण्ड विश्वविद्यालयले अष्ट्रेलिया अवार्ड कार्यक्रम अन्तर्गत अष्ट्रेलिया राजदुतावास नेपाल र नेपाल सरकारको सहकार्यमा आयोजना हुने प्रभावकारी संघीय शासन प्रबद्र्र्धन अध्ययन कार्यक्रममा सहभागि हुनका लागि उनी त्यसतर्फ गएकी हुन् ।
उपप्रमुख सचिवालयका अनुसार यहि अप्रिल १५ देखि ३० तारिखसम्म सञ्चालन हुने कार्यक्रममा सहभागि हुन उपप्रमुख भट्टराई त्यसतर्फ गएकी हुन् । त्यस कार्यक्रममा उनीसहित दर्जन बढी उपप्रमुखहरु सहभागि हुने जनाइएको छ ।
सो अन्तराष्ट्रिय कार्यशालाबाट दमक नगरपालिकाको कार्यसम्पादन सुधार गर्न बहुमूल्य अन्तरदृष्टि र अभ्यासहरू प्राप्त हुने अपेक्षा गरिएको छ ।