मलामीले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु

इटहरी,३ बैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका–४ को मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघाटका कामदारको मृत्यु भएको छ ।सोमवार दिउँसो मलामीहरु इटहरी(४ गैरीगाउँका उमेश तामाङ र धरानका अनिल तामाङले चिर्पट प्रहार गर्दा ुमुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकाश समितिु का कामदार २७ वर्षीय बिनोद तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कुटपिटबाट घाइते तामाङको उपचारको क्रममा बेदान्त हस्पिटल इटहरीमा मृत्यु भएको थियो । घटनामा संलग्न उमेश तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । अर्का आरोपी अनिल तामाङ फरार छन् ।

Leave a Reply

Your email address will not be published.