इलाममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

इलाम,३ बैशाख । मोटरसाइकल दुर्घटनामा परेर इलाममा आज एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा मोटरसाइकलमा सवार पाँचथर फिदिम नगरपालिका -९ बस्ने ४६ वर्षीया मनकुमारी लावतीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार इलाम नगरपालिका- १ मिलगोलाईस्थित सडकमा मे.११ प ९१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.