कन्काई नहरमा डुबेर बालकको मृत्यु

दमक, ३ बैशाख । झापाको शिवसताक्षी नगरपालिका–७ स्थित कन्काई सिंचाई आयोजनाको नहरमा डुबेर एक जना बालकको मृत्यु भएको छ । हिजो आइतबार बिहान साढे १० बजे शिवसताक्षी नगरपालिका–१० का ओम बहादुर बस्नेतका १२ बर्षिय छोरा बिवेक बस्नेत नहरको मृत्यु भएको हो । उनको शव साईफन जालीमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि मोरङको मंगलबारे अस्पताल लगिएको छ । घटनाका बिषयमा इलाका प्रहरी कार्यालय झिलझिलेले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published.