दमक,३० चैत । दमक -८ मा मुख्य कार्यालय रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले नयाँ वर्ष -२०८३ को शुभकामना आदानप्रदानसहित भित्ते पात्रो लोकापर्ण गरेको छ ।
सोमबार संस्थाको आफनै कार्यालयमा संक्षिप्त कार्यक्रम गरि नयाँ वर्षको एकापसमा शुभकामना सााटासाट गर्नुका साथैं गतिविधिमूलक भित्तेपात्रो लोकापर्ण गरिएको हो ।
संस्थाका अध्यक्ष लछुदास राईको अध्यक्षता तथा जिल्ला सहकारी संघ झापाका अध्यक्ष प्रेमकुमार कोइरालाको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच सहकारीका अगुवा,शेयर सदस्य,कर्मचारीहरुले सामूहिक रुपमा भित्तेपात्रो सार्वजनिक गरे ।
संस्थाका सदस्य समेत रहेका सूचना तथा सञ्चार प्रकाशन उपसमितिका संयोजक विष्णु सुब्बाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा मेची सहकारी संस्थाका व्यवस्थापक तथा मेनेर्जस क्लवका अध्यक्ष खोमप्रसाद वगाले,सहकारीका सल्लाहकारहरु क्याप्टेन बुद्धिवहादुर राई,कृष्ण गोले, शेयर सदस्यहरु गुमानसिंह सम्बाहाम्फे, कमल प्रसाद आङदेम्बे,संस्थाका उपाध्यक्ष टंक दुलाल, सहसचिव फूलसरी राना ,संस्थाका व्यवस्थापक प्रकाश राई लगायतको उपस्थिति रहेको थियो ।
सहभागिहरुले २०८२ को विदाई संगै नयाँ वर्ष २०८३ ले सहकारीको वृद्धिविकासमा योगदान पुरयाँउने शुभकामना दिएका थिए ।संस्थाले बर्षेनी नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदानसहित गतिविधिमूलक भित्तेपात्रो प्रकाशित गरिआएको छ ।कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष पारषमणी राईले गरेका थिए ।
