करेन्ट लागेर महिलाको मृत्यु

झापा, २७ चैत । वाइफाईको प्लग जोड्ने क्रममा करेन्ट लागेर झापाको बाह्रदशीमा एक महिलाको मृत्यु भएको छ । विहिबार साँझ ५ बजे बाह्रदशी -२ बस्ने सुपोल बास्कीकी श्रीमती ३५ वर्षीया सुनिता बास्कीलाई आफ्नै घरमा वाइफाईको प्लग जोड्ने क्रममा अचानक नांगो तारमा छुन गई करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको हो ।
अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट टोली खटिएको थियो । सम्पूर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.