फाल्गुनन्दको सहकारीको वित्तीय साक्षात्कार कार्यक्रम

दमक,१९ चैत । दमक- १ मा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले सहकारी वित्तीय साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको बार्षिक कार्यक्रम अन्तर्गत सहकारीले आफनै कार्यालयमा एक कार्यक्राम गरि सदस्य शिक्षा तथा तालिम अन्तरगत एक दिने सहकारी वित्तीय साक्षात्कार कार्यक्रम गरेको हो । कार्यक्रममा संस्थाको सेवा सुविधा,सदस्यता प्राप्त गर्ने नीति,बचत तथा कर्जा सम्वन्धि ब्यवस्था, सहकारी संस्था महत्व, बचत किन,बचतका योजनाहरु ,वर्तमान सहकारीको अवस्था लगायतका विषयमा सहजीकरण गरिएको सहकारी संस्थाले जनाएको छ ।
सहकारीका अध्यक्ष संकल्प लिङदेन र संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलिप जवेगुले सहकारी वित्तीय साक्षात्कार कार्यक्रमको सहजीकरण गरेका थिए । गत फागुन ७ गतेदेखि शुरु भएको वित्तीय साक्षात्कार कार्यक्रम यो पाँचौं हप्तामा सञ्चालनमा रहेको प्रमुख कार्यकारी अधिकृत जवेगुले बताए। सहकारी वित्तीय साक्षात्कार कार्यक्रम क्रमश :विर्तामोड,झिलझिले र मोरङको उर्लावारी सेवा केन्द्रमा आवद्ध रहेका शेयर सदस्यहरुलाई गरिने संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाकी उपाध्यक्ष फुलकुमारी आङदेम्वे ,व्यवस्थापक कुवेर प्रसाद तुम्वापोले सहकारीका विषयमा बोलेका थिए।

Leave a Reply

Your email address will not be published.