जनविश्वास शाकोसको बार्षिकोत्सवमा रक्तदान,३१ पिन्ट रगत संकलन

दमक,१९ चैत । दमक –९ प्रधान टोलस्थित जनविश्वास बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदानमा ३१ पिन्ट रगत संकलन भएको छ ।संस्थाले आफनो १६ औ स्थापना दिवसका अवसर पारेर सोमबार स्थानीय गुम्बा परिषरमा आयोजना गरेको रक्तदान कार्यक्रममा सहकारीकी अध्यक्ष मीना श्रेष्ठ,उपाध्यक्ष सुर्यवहादुर श्रेष्ठ, व्यवस्थापक अशोक श्रेष्ठ,शेयर सदस्यहरु रमिता श्रेष्ठ, यमुना श्रेष्ठ ,प्रदीप लावती, प्रियङका श्रेष्ठ लगायतका सञ्चालक,शेयर सदस्यहरु,सर्वसाधारणहरु गरि ३१ जनाले रगतदान गरेका थिए ।
रेडक्रस दमक रक्तसञ्चार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको रक्तदानमा सहभागि रक्तदाताहरुलाई मायाको चिनो स्वरुप फूलको विरुवा समेत प्रदान गरिएको थियो । संस्थाले आफनो बार्षिकोत्सवमा रगतदान गरिआएको संस्थाले जनाएको छ ।त्यस अवसरमा संस्थाका सदस्यहरुवीच सहकारी शिक्षाका विषयमा संक्षिप्त अन्तरकृया समेत गरिएको व्यवस्थापक श्रेष्ठले बताए ।

 

Leave a Reply

Your email address will not be published.