आदिवासी जनजाति महासंघको प्रदेश अधिबेशन स्थगित

दमक,२० चैत । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी-जनजाति महासङ्घ कोशी प्रदेशको  यहि चैत २६ र २७ गते विर्तामोडमा हुने भनिएको प्रथम अधिवेशन स्थगित भएको छ ।
महासङ्घका केन्द्रीय सदस्य एवं कोशी प्रदेश संयोजक विश्वदिप लिङदेनले आज विज्ञप्ति जारी गरेर इलामको क्षेत्र न. २ को २०८१ बैशाख १५ गते हुन गईरहेको संसदीय उपनिर्वाचनलाई लक्षित गरि तय गरिएको प्रदेश अधिबेशन अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।
संयोजक लिङदेनले इलामको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सम्पूर्ण नेता तथा कार्यकर्ताहरु एकतावद्ध जुट्न अपिल समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published.