बिश्वासिलो साकोसद्धारा बालआश्रमलाई २१ हजार सहयोग

दमक, १२ चैत । दमक–६ स्थित वरपिपल चोकमा रहेको बिश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले आफनो १३ औ बार्षिकोत्सवका अवसर पारेर आज सोमबार दमक बाल आश्रमलाई आश्रित बालबालिकाहरुका लागि नगद २१ हजार सहयोग प्रदान गरेको छ ।
दमक–९ मा रहेको बाल आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकाहरुलाई होली मिलन कार्यक्रम गर्नुका साथै आश्रमलाई नगद २१ हजार सहयोग हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष अशिम राईले जानकारी दिए । आर्थिक सहयोग हस्तान्तरण गदैं संस्थाका अध्यक्ष राईले सहकारी संस्थाले आफ्नो सदस्यहरुबीच सेवा उपलब्ध गर्दै त्यहाँबाट प्राप्त केही रकमलाई छ्ट्याएर आश्रमलाई सहयोग गरेको र यसलाई निरन्तरता दिदैआएको जोड दिए ।आश्रममा २९ जना बालबालिकाहरु आश्रित छन् ।
सो सहयोग संस्थाका अध्यक्ष राईसहित सहकारीको टोलीले आश्रमकी कोषाध्यक्ष मेनुका बुढाथोकीलाई प्रदान गरिएको हो । संस्थाका व्यवस्थापक हरिप्रसाद (दिनेश) दाहालका अनुसार सहकारीले स्थापना दिवसको अवसरमा वर्षेनी रचनात्मक र सृजनात्मक कार्यहरु सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा सहकारी संस्थाकी उपाध्यक्ष सम्झना साँवा, सचिव सुमनकुमार थुलुङ राई, सल्लाहकार संयोजक बिक्रम सुब्बा खाम्देन, लेखा समिति संयोजक खेमराज पौडेल, सञ्चालक समिति सदस्य अनिमा तामाङ, निर्मला लावती, युवराज दंगाल, माया राई, कविता फागो लगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published.