कमलमा लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गठन

दमक,२९ फागुन । झापाको कमल गाउँपालिकामा नेपाली कांग्रेसमा आवद्ध आदिवासी ,जनजातिहरु संगठित भएका छन् ।मंगलवार कमलको क्याम्पास्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको प्रथम गाउँ अधिबेशनले गणेश राई (ज्ञानसिंह ) को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षद्धयमा नैनबहादुर राई,हरिवहादुर श्रेष्ठ, सचिवमा डम्बर गुरुङ, सहसचिवमा रमा चौधरी र खगेन्द्र आङदेम्बे चुनिएका छन् ।यसैगरि, सदस्यहरुमा गोपी किस्कु, कमल राई,हरिलाल ताजपुरिया,दिपक राई ,लक्ष्मीदेवी लिम्बू चुनिएको पार्टी सभापति खगेन भण्डारीले बताएका छन् ।
कांग्रेस प्रदेश सदस्य तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिह राईको प्रमुख आतिथ्यतामा भएको अधिबेशन उद्घाटनमा संविधानसभाका सदस्य तथा कांग्रेस महासमिति सदस्य विश्वदिप लिङदेन, क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, झापा ५ (ख) का कांग्रेस सभापति रवि न्यौपाने,नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष दिलकुमार नेम्बाङ लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.