एमाले दमक ५ वडा कार्यालय भवनको शिलान्यास

दमक,२४ फागुन । नेकपा एमाले दमक ५ वडा कमिटीले आफनै कार्यालय भवन बनाउन शुरु गरेको छ । स्थानीय हरिओम कोलनीमा वडा कमिटीले आज एक कार्यक्रम गरि कार्यालय भवनको शिलान्यास गरिएको वडा कमिटी अध्यक्ष राजेन्द्र ढकालले बताए ।
भवनको एमालेका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नम्बर ५ का ईञ्चार्ज रोमनाथ ओलीले शिलान्यास गरे । कार्यालय भवन निर्माणका लागि पार्टी सदस्य सिताराम पोख्रेलले ११ धुर जमीन उपलव्ध गराएका थिए । दाताले दान दिएका जमीनमा पार्टी सदस्य,शुभेच्छकुहरुको करिव ३२ लाख रुपैयाको लागतमा एक तले कार्यालय भवन निर्माण गर्ने गरि भवन शिलान्यास गरिएको अध्यक्ष ढकालले बताएका छन् । भवन निर्माणमा ५ हजार माथि उपलव्ध गराउने दाताहरुलाई विशेष सम्मानको व्यवस्था गर्नुका साथै भवनको सम्पूर्ण आयव्यय पारदर्शी गरि सार्वजनिक गरिने उनले सुनाए ।
उनका अनुसार भवन निर्माणमा लक्ष्य अनुसार आर्थिक सहयोग प्राप्त भए आगामी चार महिना भित्रमा सम्पन्न गरिने छ ।
वडा भवन शिलान्यास कार्यक्रममा पार्टी केन्द्रीय कमिटी सदस्य गिता अधिकारी, एमाले प्रदेश सचिवालय सदस्य होमबहादुर थापा, पार्टीका अगुवा नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.