दमकका दुई हस्पिटलमा आकस्मिक छापा

दमक,१७ फागुन । आन्तरिक राजश्व कार्यालय दमक र प्रशासनको टोलीले आज बिहिवार दमकका दुई हस्पिटलमा आकस्मिक छापा मारेको छ ।आन्तरिक राजश्व कार्यालय दमक र इलाका प्रशासन कार्यालय दमकको संयुक्त टोलीले दमक -८ स्थित दमक हस्पिटल एन्ड रिसर्च सेन्टर र दमक- ५ बेलडाँगी रोडमा अवस्थित ॐ शान्ति डेन्टल हस्पिटलमा आकस्मिक छापामारेको हो । कर कार्यलय प्रमुख लवकुमार अधिकारीले छापा मारेको पुष्टि गर्दै कर कार्यालयको अधिकार क्षेत्र भित्र रहेर आवश्यक अनुसन्धान गर्नुपर्ने भएका कारण छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिईएको बताए ।
उनका अनुसार ति दुबै स्थानबाट आवश्यक कागजात ल्याईएको छ । दमक हस्पिटल स्वास्थ बीमा कार्यक्रम समेत संचालन गरिरहेको अस्पताल हो । सो अस्पतालले स्वास्थ्य बीमाको सुबिधा लिएका बिरामीको कागजात मिलाएर अतिरिक्त पैसा समेत लिने गरेको सर्वत्र गुनासो छ । यसैगरि , अर्को ओम शान्ति डेन्टल हस्पिटलले भने कर छली गरिआएको आरोप छ । राजस्व कार्यालयले यसअघि समेत सो डेन्टल हस्पिटलमा छापा मारेर अनुसन्धान गरेको थियो ।

Leave a Reply

Your email address will not be published.