युवा व्यक्तित्व मिश्रले दिए रेडक्रसलाई सहयोग

दमक,७ माघ । झापाको कमल गाउँपालिका –६ मंगलवारे घर भई हाल अमेरिकामा बस्दैआएका युवा व्यक्तित्व विवेक मिश्रले आफनो ठाउँमा निर्माण भईरहेको एउटा योजनामा ५० हजार बढी सहयोग दिएका छन् ।
नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाले निर्माण शुरु गरेको रेडक्रसका जन्मदाता जिन हेनरी डुनान्टको प्रतिमा स्थापना गर्न उनले स्वेच्छिक रुपमा ५० हजार १ सय ११ रुपैया सहयोग उपलव्ध गराएका हुन् । उक्त सहयोग रकम बुधबार रेडक्रस उपशाखा कार्यालयमा एक संक्षिप्त कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम स्थानीय जयकुमार गुरागाईले उपशाखाका सभापति चन्द्र साहसहितका रेडक्रसकर्मीहरुलाई दिएका हुन् । यसअघि समेत उनले स्वेच्छिक रुपमा रेडक्रसले सञ्चालन गरेको दैवीप्रकोप रोकथाम तथा प्रभावित परिवारलाई राहतको क्षेत्रमा सहयोग पुरयाँएका थिए । सहयोग रकम बुझ्दै सभापति साहले रेडक्रस अभियानमा युवा व्यक्तित्व मिश्र परिवारबाट प्राप्त सहयोग प्रति धन्यवाद दिदैं आगामी दिनमा समेत सवै क्षेत्रबाट यस किसिमको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
सभापति साहका अनुसार प्रतिमा स्थापना गर्न रेडक्रसले शुरु गरेको अभियानमा देश,विदेशबाट करिव २ लाखका हाराहारीमा सहयोग रकम जुटेको छ । माघको दोश्रो सातासम्म प्रतिमा स्थापना गरिसक्ने लक्ष्यका साथ थालिएको अभियानमा रेडक्रसकर्मी तथा शुभेच्छुकहरुबाट सहयोग जुट्ने क्रम बढेको उनले बताए । शिलालेखमा ५ हजार माथि सहयोग गर्ने दाताको विवरण समावेश गरिने रेडक्रस उपशाखाको निर्णय छ ।

प्रतिमा निर्माण उपसमितिका संयोजक समेत रहेका उपशाखा सभापति साहले हालसम्म करिव २ लाख जति रकम हाराहारी रकम जुटिसकेको छ । रेडक्रस परिषरमा रेडक्रस जन्मदाता डयूनाको करिव ५ फिट अग्लो अर्धकद प्रतिमा बनिने र त्यसले रेडक्रसको शोभा बढ्ने अपेक्षा गरिएको उपशाखाका सचिव पारषमणि राईले बताए । प्रतिमा राख्न करिव ३ लाख ५० लाग्ने अनुमान छ ।
प्रतिमा निर्माण गर्न सभापति साहको संयोजकत्वमा सचिव पारषमणि राई, कोषाध्यक्ष प्रमोद दाहाल,केशव तिम्सीना र बिमलादेवी भट्टराई रहेको ५ सदस्यीय निर्माण उपभोक्ता समिति गठन गरिएको छ ।
जिल्लाकै कान्छो र उत्कृष्ठ उपशाखाको पटक पटक पुरस्कृत यस उपशाखाले दैनिक कार्यालय सञ्चालनका लागि दुई तले सुविधासम्पन्न भवन निर्माण गरि गत वैशाखदेखि विपन्नका लागि सहुलियत तथा गुणस्तरिय ल्याव सेवा समेत उपलव्ध गराउदै आएको छ ।

Leave a Reply

Your email address will not be published.