दमक, २ फागुन । झापाको कमल गाउँपालिका ५ स्थित निर्माणाधिन आदिवासी रगशाला परिषरमा अलपत्र बनेको पितृ स्तम्भ पुनःनिर्माण गरिदै । रंगशाला निर्माणका क्रममा बर्षोदेखिको चिहान भत्काएर पितृहरुको स्मृतिमा त्यहाँ स्तम्भ निर्माण कार्य थालिएको र यसवर्ष पुर्ननिर्माणका लागि प्रदेश सरकारबाट वजेट छुटिएपछि स्तम्भ पुर्ननिर्माणको काम थालिएको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानका महासचिव दिपेनवाला राईले बताए ।