कांग्रेस कमलका सहसचिव पोख्रेलको निधन

दमक ,२ फागुन । नेपाली कांग्रेस कमलका सहसचिव तथा नेपाल लेखापढी तथा कानुन व्यवसायी एशोसियसन इकाई समिति दमकका सदस्य समेत रहेका झापा, कमल गाउँपालिका ५ पाडाजुंगी निवासी दुर्गाप्रसाद पोख्रेलको आज साँझ निधन भएको छ ।
छ दिन अघि बिराटनगरस्थित नोवल शिक्षण अस्पतालमा उपचार गराईआएका ५६ बर्षिय पोख्रेलको आज साँझ ५ वजे निधन भएको हो । मुटुका भल्वमा समस्या आएपछि छ दिन अघि उनको मुटुको शल्यक्रिया गरिएको थियो । अस्पतालले पोख्रलको मुटुको शल्यक्रिया सफल भएको परिवारलाई जानकारी गराएको थियो ।
मुटुका चार वटा भल्व मध्ये एउटा भल्वले मात्रै काम गरिरहेको अवस्थामा चौथो भल्व समेत आकस्मिक रुपमा बन्द हुन पुग्दा उनको अकास्मत निधन हुन पुगेको जनाईएको छ ।
पोखरेलकी श्रीमती, दुई छोरी र एक छोरा छन् । मिजासिला स्वभाव तथा सामाजिक व्यक्तित्वका पोख्रेलको निधनको खबरले सिंगो पाडाजुंगीबासी मर्माहत भएको छ ।

 

Leave a Reply

Your email address will not be published.