पथरी शनिश्चरे भेट्रान्स फुटबलको उपाधि वडा नं १ लाई

पथरी ,३ फागुन । मोरङको पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरे वार्ड नं १ को भेट्रान्स फुटबल टिमले उचालेको छ ।शुक्रबार वडा नं १ ले वडा नम्बर ४ लाई ४ गोलका विरुद्ध ५ गोल गर्दै यस वर्षको पथरी शनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको विजेता बनेको हो।
देवीगञ्ज फुटबल क्लबको आयोजना र पथरी शनिश्चरे –२ वडा कार्यालयको सहयोगमा पञ्चायत माविको खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो।
खेलको म्यान अफ द म्याच वडा नं ४ का रोजिन शिवाकोटी घोषित भए। उनलाई पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले नगदसहित मेडल र ट्रफी प्रदान गरे । प्रतियोगिताका विजेता वडा नम्बर १ ले नगद ५१ हजार रूपैयाँ सहित मेडल र ट्रफी प्रदान गरे । यसैगरी उपविजेता बनेको वडा न ४ लाई नगद ३१ हजारसहित मेडल र ट्रफी प्रदान गरिएको थियो ।
यसैगरी, प्रतियोगितामा विभिन्न विधाहरूमा छानिएका खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो । उक्त अवसरमा पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नवीन खुलाल बुढाथोकी,वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई, दुई नम्बर वडाका अध्यक्ष नैना साम्पाङ राई, वडा नम्बर ४ का अध्यक्ष लोक किरण न्यौपाने, वडा नं ८ का वडाअध्यक्ष नवीनजंग कार्की, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, कार्यपालिका सदस्य कल्पना श्रेष्ठ लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published.