दमक,१९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्वाचित भएका छन् ।आज बिर्तामोडमा भएको फोनिजको सातौ जिल्ला अधिवेशनले युवा पत्रकार राजवंशीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । १३ सदस्यीय निर्वाचित जिल्ला समितिको उपाध्यक्षमा तिलक योञ्जन , सचिवमा सन्तोष बेघा , सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरुङ चयन भएका छन । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर , रविकिरण बान्तवा , विष्णुकुल श्रेष्ठ , सुजन राई , सौरभ मुखिया‘ए’ , मिना नेम्बाङ , सुमन बेघा र डिके शेर्मा निर्वाचित भए ।
त्यस्तै अधिवेशनको निर्वाचन कार्यक्रमबाट ८ जनालाई संघीय महाधिवेशन प्रतिनिधि चयन गरिएको छ । महाधिबेशन प्रतिनिधिमा दीपिन राई , गणेशमान मुखिया , भूमिका फियाक , विशाल नेम्बाङ, इन्द्रसिंह राजवंशी , आनन्द गुरुङ , दिलकुमार लावती र सुशन राई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक विष्णु सुब्बाले बताए ।
फोनिज झापाको नेतृत्व चयन गर्न सुब्बाको संयोजकत्वमा तारामणी सापकोटा र अनिलदेव राई सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचित समिति र केन्द्रीय प्रतिनिधिहरुको नामावली संयोजक सुब्बाले घोषणा गरे ।सोहि अवसरमा निर्वाचित जिल्ला तथा संघीय महाधिवेशन प्रतिनिधिहरुलाई सपथग्रहण समेत गराईएको थियो ।
फोनिजका संघीय उपाध्यक्ष कमन देवानको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष भूमिका फियाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल , पत्रकार महासंघका प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी , महासंघका जिल्ला अध्यक्ष एकराज गिरी,फोनिजका सल्लाहकार जलकुमार गुरुङ,समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल,नेपाल प्रेस युनियन झापाका जिल्ला अध्यक्ष एकराज गिरी,प्रेस चौतारीका जिल्ला अध्यक्ष प्रदिप परियार, प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खड्का, बुद्धशान्ति प्रेस क्लवका अध्यक्ष तीर्थ तिम्सिना लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा फोनिज झापाले आफनो रजत वर्षका अवसर पारेर स्मारिका विमोचन गरेको थियो ।