सहकारी कर्मचारी संगठनको अध्यक्षमा पुनः राई

पथरीशनिश्चरे ,१७ माघ । सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेको अध्यक्षमा पुनः गणेश वाछना राई चुनिएका छन् । मोरङ्गको  पथरीशनिश्चरे -१० स्थित श्रीजंगा धार्मिक स्मृति वन तथा पर्यटकीय स्थलमा बुधबार सम्पन्न १६औं वार्षिक साधारणसभाले आगामी ३ वर्षे कार्यकालका लागि राई पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भए ।उनी लर्डबुद्ध शाकोसका व्यवस्थापक हुन् ।
९ सदस्यीय नवनिर्वाचित समितिको उपाध्यक्षमा मनकामना साकोसका व्यवस्थापक दीपक अधिकारी, कोषाध्यक्षमा पथरी शनिश्चरे साकोसकी व्यवस्थापक इन्दिरा बुढाथोकी चुनिएका छन् । यसैगरि सदस्यहरुमा आईतकुमारी तुम्वापो, कल्पना थापा मगर, पुष्य प्रसाद बराल , बालकृष्ण पोख्रेल, डिकबहादुर खड्का लगायत सर्वसम्मत निर्वाचित भएका छन् ।
राष्ट्रिय सहकारी बैक कोशी प्रदेश प्रमुख प्रभु पोखरेलको प्रमुख आतिथ्यता तथा सहकारी कर्मचारी संगठन पथरीशनिश्चरेका अध्यक्ष गणेशकुमार राईको अध्यक्षतामा भएको सभामा संगठनकी कोषाध्यक्ष इन्दिरा बुढाथोकीले गत वर्ष र चालु आर्थिक वर्ष २०८१ -०८२ को प्रस्तावित बजेट प्रस्तुत गरेकी थिइन् । सोही सभाको बन्दसत्रले प्रस्तुत आर्थिक तथा सांगठानिक प्रतिवेदन सुझावसहित पारित गरिएको थियो ।
कार्यक्रममा पथरीशनिश्चरे नगर क्षेत्रमा सहकारी संस्थाका अध्यक्ष, कर्मचारी, सञ्चालक समितिका अध्यक्ष लगायतलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.