सेतुमारी बजारको स्तरन्नति गरिदै

दमक, १६ माघ । झापाको दमक १० सेतुमारीस्थित सेतुमारी साप्ताहिक कृषि तथा पशुहाट बजार स्थलको स्तरन्नति गरिएको छ ।वडा कार्यालय दमक -१० को सहयोगमा सेतुमारी बजारको स्तरन्नतिका लागि बजार क्षेत्रमा दोस्रोपटक माटो पुराईको काम सम्पन्न भएको हो ।
गत कार्तिक २ गतेदेखि हरेक हप्ताको बिहिबार सेतुमारीमा साप्ताहिक कृषि तथा पशुहाट बजार लाग्दै आएको छ । “आफ्नै उत्पादन आफ्नै बजार आयाअर्जनको आधार’ भन्ने मुल अभिप्रायले सेतुमारी बजार सञ्चालनमा आएसंगै दमकको दक्षिणी क्षेत्रका साथै कमल गाउँपालिकाको तल्लो भेग , गौरादह नगरपालिकाको पश्चिम र मोरङको उर्लाबारीको दक्षिण रतुवामाई नगरपालिकाको उत्तरी क्षेत्रका सर्वसाधारणहरुलाई कृषि उपज तथा पशुचौपायका साथै दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीका लागि सहज हुँदै आएको छ ।
सेतुमारीमा एकदशक अघिनै साप्ताहिक हाट बजार सञ्चालनमा आएको भएपनि सो बजारले निरन्तरता नपाउदा लामो समयसम्म बन्द रहेको थियो । सेतुमारीमा केहिमहिना अघिबाट दमक नगरपालिकाको सहयोग तथा स्थानीयवासीको बिशेष पहलमा पुनः साप्ताहिक हाट बजार सञ्चालनमा ल्याईएको वजार समितिका उपाध्यक्ष नगेन्द्रमणी न्यौपानेले बताए । सेतुमारी वजार पुनः सञ्चालनमा ल्याईएपछि त्यहाँको चहलपहल समेत बढ्दै गएको उनले बताए ।
सेतुमारीमा बजार सञ्चालनका लागि यसअघिनै यहाँका तिन जना दाताले निशुल्क ९ कट्ठा जग्गा प्रदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published.