दमक,१४ माघ । दमकमा यहि माघ २६ गते पहिलोपटक श्री जगन्नाथ रथयात्रा निकालिने भएको छ । श्री जगन्नाथ बलदेव र सुभद्रा महारानीको रथयात्रा भव्य रुपले मनाउन आवश्यक तयारी भईरहेको आयोजक नेपाल अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन ) दमकले जनाएको छ ।
दमकको गोर्खा डिपार्टमेन्टबाट शुरुहुने रथयात्रा चौंक,वजार परिक्रमा गरि पशुपति मन्दिरमा आएर रथयात्रा सम्पन्न हुने छ ।रथयात्रा शुभारम्भ अघि विहान पूजा आरती, प्रवचन,आरती लगायतका कार्यक्रमहरु समेत आयोजना गरिने इस्कोनद्धारा जारी सूचनामा उल्लेख छ ।