इलाका प्रशासन कार्यालय दमक अव आफनै भवनमा सर्दे

दमक,१२ माघ । इलाका प्रशासन कार्यालय दमकले आफनै्र सुविधासम्पन्न नयाँ भवनबाट सेवा शुरु गर्ने भएको छ । दमकको पशुहाट राजमार्ग दक्षिण वडा न ८ मा दाताहरुले उपलव्ध गराएका दश कठ्ठा जमीनमा निर्मित प्रशासनिक भवनबाट यहि माघ १६ गतेदेखि सेवा शुरु गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका शाखा अधिकृत सुर्यमान बाँनियाका अनुसार हाल दमक ६ मा रहेको यस कार्यालयका सम्पूर्ण सरसमानहरु नयाँ भवनमा स्थान्तरण गरि थप सुविधासहित सेवा पुरयाँईने तयारी गरिएको छ । झण्डै एकदशकदेखि नेपाल -भुटान शरणार्थी संयुक्त प्रमाणीकरणको कार्यालयमै इलाका प्रशासन कार्यालय सञ्चालन हुदैआएको छ । कार्यालय पूरानो कच्ची घरमा रहेको तथा विभागीय कोठा समेत पर्याप्त नहुदाँ कामकाजमा समस्या झेल्नु परेको शाखा अधिकृत बाँनियाले बताएका छन् । उनले भने,–‘ अव भने कार्यालय भित्रका संरचनागत समस्या झेल्नु पर्देन, यसले गर्दा यहाँको सेवा थप प्रभावकारी बन्ने छ ।’ आफनै भवन निर्माण भएपछि सेवाग्रहीहरुले सुविधा पाउने उनले सुनाए ।
रु ४ करोड ५५ लाख बढीको लागतमा निर्माण भएको उक्त कार्यालयको तीनतले पक्की भवनको काम २०७५ फागुन १५ गतेदेखि शुरु गरिएको थियो । कन्चनजंघा निर्माण सेवा इलामले निर्माण गरेको भवनको सम्पूर्ण काम सम्पन्न भएपछि नियमानुसार हस्तान्तरण गरिने तयारी गरिएको इलाका प्रशासन कार्यालयका लेखापाल डिल्ली दुलालले बताए ।
जिल्ला प्रशासन कार्यालय झापा अन्तर्गतको दमकसहित गौरीगञ्जमा इलाका प्रशासन कार्यालय सञ्चालनमा रहेको जनाईएको छ । कार्यालयले नागरिकता,राहदानी ,शान्तिसुरक्षाको सरकारी सुविधा उपलव्ध गराउदैआएको छ ।

Leave a Reply

Your email address will not be published.