दमकमा कांग्रेसको वृहत बनभोजसहित सांस्कृतिक कार्यक्रम

दमक,२८ पुस । नेपाली कांग्रेस दमक नगर समितिले अघिल्ला वर्षझैं यसवर्ष पनि संगठन निर्माणमा सघाँउ पुरयाँउने उद्देश्यले वृहत सांस्कृतिक कार्यक्रम साथै बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।दमक ४ स्थित दाहाल प्रतिष्ठानमा शनिवार आयोजित कार्यक्रममा बिभिन्न खेलकुद, नाचगानसहित सांगीतिक कार्यक्रम गरिएको हो ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाईंको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको औपचारिक कार्यक्रमका वक्ताहरुले बजभोजसहितको सांगीतिक कार्यक्रमले पार्टी भित्रको एकता मजबुद बनाउने बताएका छन् ।
संबिधान सभा सदस्य समेत रहेकी प्रमुख अतिथि लिम्बूले कांग्रेस पार्टी र पार्टीका नेताहरुले लक्षित अफबाहहरुलाई चिर्न कांग्रेसका कार्यकर्ताहरुले पनि सामाजिक सञ्जालमा अभियान चलाउनु पर्ने बताईन् ।
जनताको अधिकार प्राप्तिका निरन्तर संघर्षरत नेपाली कांग्रेस र पार्टीका नेताहरुलाई पछिल्लो समय सामाजिक सञ्जालमा अनावश्यक लान्छना लगाउने काम हुदै आएको भन्दै नेतृ लिम्बूले त्यसको कांग्रेस कार्यकर्ताहरुले प्रतिबाद गर्नु पर्ने जोड दिईन् ।
कार्यक्रमका बिशिष्ट अतिथि कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले अहिले समाजिक सञ्जालमा फेक एकाउण्टहरु बनाएर नकरात्मकको खेती गर्नेहरु सक्रिय रहेकको भन्दै सकारात्मक कुराहरु पैmलाउन कार्यकर्ताहरुलाई आग्रह गरे ।
कार्यक्रममा कांग्रेस कोशी प्रदेश समिति सदस्य तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, पार्टीका झापा जिल्ला सभापति देउमान थेवे, उप सभापति केशब पाण्डे र शेरबहादुर भट्टराई, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी लगायतले सुभकामना मन्तव्य राखेका थिए ।
बनभोज कार्यक्रममा कांग्रेसको भातृ संगठन नेपाल सांस्कृतिक संघ दमक नगर समितिको संयोजनमा सांगीतिकसहितका मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गरिएको बनभोज कार्यक्रम संयोजक समेत रहेका पार्टीका नगर उपसभापति युवराज खनाल सागरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.