दमक ,२४ पुस । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन)को ३४ औं स्थापना दिवसका अवसरमा बुधबार दमकमा दिपप्रज्जवलन गरिएको छ ।
प्याव्सन दमक नगर समितले स्थानीय गणतन्त्र चौंकमा दिपप्रज्जवलन गर्नुका साथैं शुभकामना आदानप्रदान समेत गरेर स्थापना दिवस मनाईएको हो । प्याव्सन दमकका अध्यक्ष नवीन योगीको अध्यक्षता तथा प्याव्सन झापाका संस्थापक अध्यक्ष मनोज साङपाङको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपालको शैक्षिक विकासमा संस्थागत विद्यालयले पुरयाँएको योगदान माथि चर्चा गरिएको थियो । प्रमुख अतिथि राईले संस्थागत विद्यालयले पुरयाँएको योगदान अतुलनीय भएपनि राज्यबाट सहयोग पुग्न नसकेको गुनासो गरे ।
कार्यक्रममा प्याव्सन कोशी प्रदेश समितिका सल्लाहकार लछुदास राई, ,प्याव्सन झापाका पूर्व वरिष्ठ उपाध्यक्ष श्रवणकुमार पोख्रेल, पूर्व जिल्ला उपाध्यक्ष चन्द्रपकाश राई, प्याव्सन दमकका पदाधिकारी,सदस्यहरुको सहभागिता रहेको सचिव लक्ष्मी नेपाले बताए । प्याव्सन स्थापना दिवस विविध कार्यक्रमहरु गरि देशैभरि मनाईदै आएको छ ।